घट्दो क्रममा सुनचाँदीको मूल्य, आज कारोबार कतिमा ?

admin

काठमाडौं, २५ साउन : सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा झरेको छ । आइतबार पनि सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको थियो । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम भएको छ भने सोमबार चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ ।

विश्वमा रोजगारी बढेसँगै सुनको कारोबारमा असर परेको महासङ्घले जनाएको छ । महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार कोभिड-१९ का कारण रोजगारी गुम्दा विश्वमा सुनमा लगानी बढेको थियो । तर, पछिल्लो समय रोजगारी बढ्दै गएकाले सुनमा लगानी गर्नेभन्दा पनि सुन बिक्री गर्नेहरु बढेका उनले बताए । रोजगारी नहुँदा आयस्रोतको रुपमा सुनमा धेरैले लगानी गर्ने हुँदा मूल्य पनि बढ्दै जाने शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै घट्ने सम्भावना देखिएकाले नेपालमा पनि सुनको मूल्य फेरि घट्ने अनुमान गरिएको छ । गत वर्ष कोभिड-१९ का कारण भएको लकडाउन पछि नेपालमा सुनको मूल्य महँगो हुँदै गएको थियो । गएको साउन महिनामा बढेर सुनको मूल्य तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता भनेर मूल्यले नयाँ रेकर्ड बनाएको छैन ।

प्रतिक्रिया