आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ३ भाद्र : बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा बिहीबार चार सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको छ । यो बुधबारको भन्दा चार सय रुपैयाँ सस्तो हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी बुधबार तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ११ सय ८० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया