थप तीन हजार ४२ जनामा संक्रमण पुष्टि, २६ जनाको ज्यान गयो

admin

काठमाडौं, ४ भाद्र : शुक्रबार तीन हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दश हजार पाँच सय ३० जनाको पीसीआर र सात हजार एक सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २३ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख २३ हजार ६ सय ४७ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा दुई हजार दुई सय ४४ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार पाँच सय ४३ पुगेको छ । यही अवधिमा थप २६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार चार सय ५५ पुगेको छ । अहिले नेपालमा ४० हजार तीन सय नौ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया