आज पाँच सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ११ भाद्र : शुक्रबार सुनको मूल्य बढेको छ । तोलामा ५ सय रुपैयाँले बढेर सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ । (हिजो) बिहीबार दुई सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार यता तेजाबी सुनको मूल्य समेत गत बिहीबारको तुलनामा तोलामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी शुक्रबार तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्न थालेको छ भने कारोबार पनि बढेको छ । कोरोना भाइरसको जोखिमका कारण भएको लकडाउन र निषेधाज्ञाले सुनको कारोबार घटेको थियो । तर तीज नजिकिएकाले अहिले भने सुनको कारोबार बढेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया