आज सुनको मूल्य स्थिर हुँदा चाँदी भने सामान्य बृद्धि, कारोबार कतिमा ?

admin

काठमाडौं, १३ भाद्र : आइतबार सुनको मूल्यमा स्थिरता कायम भएको छ । (अस्ति) शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आइतबार पनि सोही मूल्य कायम हुँदै कारोबार भएको हो ।

यस्तै, आइतबार यता तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्यमा भने आइतबार तोलामा १० रुपैयाँले बृद्धि हुँदै एक हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया