हप्ताको अन्तिम दिन साढे नौ अर्ब रुपैयाँको कारोबार

admin

काठमाडौं, १७ भाद्र : कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार सबै समूहको शेयर बजार घटेर राताम्मे भएको छ । (हिजो) बुधबार सामान्य बढेको नेप्से बिहीबार ५० दशमलव १३ अङ्कले घटेर दुई हजार नौ सय २६ दशमलव ८९ विन्दुमा झरेको छ ।

बैंकिङ समूहको शेयर १६ अङ्कले, विकास बैंकको एक सय ८६ अङ्कले, जलविद्युतको एक सय १६, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर साढे २३ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर तीन सय ४२, निर्जीवन बीमा समूहको दुई सय ३३, उत्पादनको एक सय २७, अन्य समूहको ३७ र लगानी समूहको शेयर साढे तीन अङ्कले घटेको छ ।

बिहीबार नारायणी विकास बैंक, कर्णाली विकास बैंक, अरुण काबेली पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सानिमा लाइफ इन्सोरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । बिहीबार दुई सय ३० कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ५० करोड ५९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ५७ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया