कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढेसँगै थप २० जनाले ज्यान गुमाए

admin

काठमाडौं, २० भाद्र : आइतबार पनि कोरोना भाइरसको संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ । बितेको २४ घण्टामा एक हजार ८९ जनामा संक्रमण पुष्टि हुँदा एक हजार पाँच सय ३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सात हजार नौ सय ७१ जनाको नमूना परीक्षण गर्दा एक हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये १३ दशमलव ६६ प्रतिशतमा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा निको भएका सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख २७ हजार एक सय ८५ जना पुगेको छ ।

यस्तै थपिएका सहित कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ५४ हजार तीन सय २१ जना पुगेको छ । कोरोना भाइरसका कारण थप २० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १० हजार आठ सय ३८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित मध्ये पाँच सय २३ जनाको आईसीयू र एक सय ६२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया