आज सात सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २३ भदौ : बुधबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ९० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य बुधबार प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ भने यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । मंगलबार तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलाको १२ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया