सभामुख सापकोटा विरुद्ध देशभर आन्दोलन गर्ने राष्ट्रिय युवा संघको चेतावनी

admin

काठमाडौं, २३ भदौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटोका विरुद्धमा देशभर आन्दोलन गर्ने भएको छ ।

सभामुख सापकोटाले आफ्नो पदीय मर्यदालाई तिलाञ्जली दिई नेपालको दलीय व्यवस्थालाई समाप्त पार्ने रणनीतिका साथ एक पछि अर्को गर्दै कमद चाल्दै गएको उल्लेख गर्दै संघले देशैभर आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने चेतावनी दिएको हो।

आज विज्ञप्ती जारी गर्दै दलीय व्यवस्था, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि संघले जस्तोसुकै कठोर आन्दोलन गर्न तयार रहेको चेतावनी दिएको हो ।

प्रतिक्रिया