ऊर्जामन्त्री भुसाल र एमसीसी प्रतिनिधिबीच भेटवार्ता

admin

काठमाडौं, २५ भदौ : नेपाल भ्रमणमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातेमा सुमार नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारमा भएको भेटमा एमसीसी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत पूर्वाधार निर्माणका लागि एमसीसीबाट अनुदानस्वरुप सहयोग हुने उहाले बताउनुभयो ।

त्यस्तै मन्त्री भुसालले राजनीतिक सहमतिका आधारमा नै एमसीसीका बारेमा निर्णय हुने बताउनुभएको थियो । बिहीबार नेपाल आएको टोलीले बिभिन्न दलका शिर्ष नेतासंग भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया