सरकारले संशोधित बजेट ल्याउन हतार गर्यो : नेता पाण्डे

admin

काठमाडौं, २५ भदौ : नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले प्रतिपक्षीसंग छलफल नगरि हतारमा सरकारले संशोधित बजेट ल्याएको बताउनुभएको हो । सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने भएपछि सरकारले त्यसो गर्न नखोजेको उहाले बताउनुभयो ।

त्यस्तै एमाले सांसद गोकुल बास्कोटाले सरकारले प्रतिपक्षीलाई जानकारी नै नदिई संशोधित बजेट ल्याएको र कार्यसूची समेत हेर्न नदिएको बताउनुभयो । उहाले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकाबाट चूकेको बताउनुभयो ।

कांग्रेस सांसद गगन थापाले संसदमा देखिएको परिदृश्य संसदीय अभ्यासमा उचित कुरा नभएको र यसको कारण एमाले भएको बताउनुभयो । उहाले एमालेले प्रतिपक्षीको भूमिकाको चरम दुरुपयोग गरको आरोप लगाउनुभयो ।

संशोधित बजेट पेश गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संवैधानिक व्यवस्था अनुसार संशोधित बजेट ल्याएको बताउनुभयो । उहाले बजेटमा राखिएको अनावश्यक बजेट मात्र कटौती गरिएको जानकारी दिनुभयो । उहाले योजना बनाएर संशोधित बजेट कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाले प्रतिपक्षीसंग पनि छलफल गरेर अध्यादेश अघि बढाउन चाहेपनि बिविध कारण हुन नसकेको बताउनुभयो । शुक्रबार एमालेको बिरोधकाबीच अर्थमन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको थियो ।

प्रतिक्रिया