हिजोको त कास्टीङ मात्रै हो अग्नी सापकोटालाई फूल भर्सन अब देखाउँछौँ :महेश बस्नेत

admin

काठमाडौं, २६ भदौ :  एमालेका युवा नेता तथा प्रतिनिधीसभाका सदस्य महेश बस्नेतले हिजो एमालेले संसदमा देखाएको प्रस्तुती त कास्टीङ मात्रै भएको बताएका छन् ।

सभामुख अग्नी सापकोटा माथी निकै आक्रोसित भएका बस्नेतले सापकोटाले फुल भर्सन त देख्न बाँकी नै रहेको बताएका छन् । एमालेलाई जिस्काएर सापकोटाले ठूलो गल्ती गरको भन्दै यसको परिणाम धेरै गम्भिर हुने चेतावनी पनि उनले दिएका छन् ।

‘प्रमुख प्रतिपक्ष दलसँग द्वन्द्व बढाएर पार्टी विभाजनको षड्यन्त्रमा जानुभो भने पार्टी अध्यक्षको शब्द सापटी लिएर भन्छु नेकपा एमालेलाई मरेको बाघ सम्झेर कसैले झुंगा उखेल्ने प्रयास गर्छ भने एमाले ज्युँदो बाघ हो भनेर पटक–पटक देखाउछौँ,’ उनले भने, ‘हिजो देखाएको त त्यो काष्टिङ मात्रै हो। हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न तयार छौं। हिम्मत छ भने निर्वाचनमा आउनुस्, हामी भिड्न पनि तयार छौँ।’

सभामुखले नेपालकै इतिहासमा कार्यव्यवस्था समितिको बैठक नबसी र विपक्षी दलसँग सहमति र छलफल नै नगरी संसद चलाउने प्रचलनको सुरुवात गरेको नेता बस्नेतले बताए। सभामुखले एमाले र माओवादीलाई हेर्ने फरक–फरक चश्मा लगाएको भए त्यस्तो चश्मा निकाल्नुपर्ने उनले बताए ।

माओवादी र जसपाले आफ्ना सांसदलाई कारवाही गरेको सूचना सभामुखले २४ घण्टाभित्रै टाँसेको तर एमालले ह्विप उल्लघंन गर्ने सांसदलाई गरेको कारवाहीको सूचना नटाँसी काइते कुरा गरेर एमालेलाई विभेद गरेको उनको आरोप छ ।

प्रतिक्रिया