तराई क्षेत्रमा जितिया पर्व मनाइँदै

admin

काठमाडौं, १३ असोज : तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ ।

यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गरेको छ । नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिनसम्म जितिया पर्व मनाउँछन् ।

भगवान विष्णु, शिव र भगवान सूर्यकाे पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।

सरकारले जितिया पर्व मनाउनेलाई सार्वजनिक बिदा दिएको छ । यस्तै, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै हाम्रो संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचान र विशेषता रहेको बताउनुभएको छ । सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उहाँहरुको भनाइ छ ।

प्रतिक्रिया