काँग्रेसबाट को को छन् मन्त्रीको लाइनमा ?

admin

काठमाडौं, १३ असोज : शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा मन्त्री बन्ने चर्चामा रहेका सांसद गगनकुमार थापा मन्त्री नबन्ने निश्चित जस्तै भएको छ ।

पछिल्लो समय नेपाली काँग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा रहेका नेता थापा मन्त्री बन्ने चर्चा थियो । तर पौडेलले पहिल्यौ मन्त्री भइसकेकालाई मन्त्रीमा नपठाउने नीति लिएपछि नेता थापा यो पटकको मन्त्रिमण्डलमा नपर्ने सम्भावना भएको हो ।

यसअघि कृष्णप्रसाद सिटौला समूहमा रहनुभएका नेता थापा पछिल्लो समय पौडेल समूहमा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले सुरुमै आफू निकट नेताहरु बालकृष्ण खाडलाई गृह, ज्ञानेन्द्रबहादु कार्कीलाई अर्थ, डा नारायण खड्कालाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइसक्नु भएको छ ।

यो सँगै उहाँको भागमा पर्ने मन्त्रीको कोटा पूरा भएको छ । उहाँले वरिष्ठ अब नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई मन्त्री बनाउनु पर्नेछ । जबकी काँग्रेसले सरकारमा प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने गठबन्धन भित्र सहमति भएको बताइन्छ ।

सो अनुसार अब काँग्रेसको भागमा ३ मन्त्री छन् । पौडेल समूहले मन्त्रीका लागि २ जना भागमा पर्ने बताइएको छ । जसमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसी मध्येबाट २ मन्त्री बनाइने स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार बुधबार बेलुकासम्ममा मन्त्रिमण्डल बिस्तार हुने सम्बभावना रहेको छ । सिटौला पक्षबाट पनि एक मन्त्री बन्ने निश्चित छ । जसमा उमाकान्त चौधरी र भीमसेनदास मध्येबाट एक मन्त्री बन्ने सम्भावना रहेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेसका कारण लामो समयससम्म मन्त्रीमण्डल बिस्तार हुन सकेको थिएन । तर राष्ट्रपति भण्डारीले केही दिनअघि उक्त अध्यादेश खारेजी गरिदिएपछि मन्त्रिमण्डल बिस्तारको बाटो खुलेको छ ।

प्रतिक्रिया