थप एक हजार एक सय ५७ जनामा संक्रमण पुष्टि, आठ जनाको ज्यान गयो

admin

काठमाडौं, १३ असोज : बुधबार एक हजार एक सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार पाँच सय ४१ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ९४ हजार एक सय ६३ पुगेको छ भने एन्टिजेन विधिबाट ९१ हजार तीन सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा एक हजार एक सय १३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ६४ हजार आठ सय ४७ पुगेको छ ।

यही अवधिमा थप आठ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार एक सय २३ पुगेको छ । अहिले नेपालमा १८ हजार एक सय ९३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेकामा तीन सय ५४ जनाको आईसीयू र ९९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया