प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

admin

काठमाडौं, १३ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक डाकेका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि सर्वदलिय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसदको अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । एमालेको अवरोधकै बीच सरकारले बजेट पास गरेको थियो ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया