परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको दाबी

admin

काठमाडौं, १४ असोज : परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको बताएका छन् । राष्ट्रसङ्घको ७६औं महासभामा सहभागी भएर फर्किएपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले कोभिड-१९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा आफूले कुरा राखेको बताए ।

भूपरिवेष्ठित देशको आर्थिक उन्नति, दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यबारे पनि कुरा गरेको मन्त्री खड्काले जानकारी दिए । राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया