हनुमान ढोकाको दसैं घरमा राखियो जमरा

admin

काठमाडौँ, २१ असोज : यस वर्षको वडा दशैं बिहीबारबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ ।

हनुमान ढोकास्थित दसैं घरमा बिहीबार विधिवत रुपमा घटस्थापना गरिएको छ । बिहान ११ बजेर ४६ मिनेटमा दसैं घरमा घटस्थापना गरिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो । सो अवसरमा ब न्दु क पड्काएर बढ्याइँ गरिएको थियो ।

बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

प्रतिक्रिया