चाडपर्वलाई लक्षित गर्दै सवारी साधनको रुट परमिट नेपालभर खुल्ला

admin

काठमाडौँ, २१ असोज : यात्रुबहाक सवारी साधानलाई बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुल्ला गरिएको छ ।

दसैंका लागि आवतजावत सजिलो पार्न यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने गरि परमिट खुल्ला गरिएको यातायात व्यवस्था बिभागले जनाएको छ ।

यसअघि बिभागले तोकेको क्षेत्रमा मात्र सार्वजनिक सवारी सञ्चालन गर्नपाउने व्यवस्था रहेकाले अव पूर्णिमासम्म मुलुकका जुनसुकै स्थानमा पनि सार्वजनिक सवारी सञ्चालन गर्न सक्ने बिभागको भनाइ छ । यस्तै चाडपर्वका बेला काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । मन्त्रालयले ट्याक्सीमा भने भाडा समायोजन नगरेको जनाएको छ ।

प्रतिक्रिया