‘राम्रोसंग काम नगरे तत्काल फिर्ता बोलाईन्छ’ : अध्यक्ष माधव कुमार

admin

काभ्रे, २३ असोज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई राम्रो काम नगरे फिर्ता बोलाउने चेतावनी दिनुभएको छ ।

आज काभ्रेको बनेपामा जिल्ला पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जनताको भावना विपरित काम गरे तत्कालीन फिर्ता बोलाउने चेतावनी दिनुभएको हो ।

‘जनताको हित भन्दा बाहिर गएर काम गर्ने छुट कसैलाई छैन् । विशेष गरी मन्त्री भएकाहरूलाई भन्न चाहान्छु, दायाँ बायाँ मान्य हुने छैन् । पार्टीबाट मन्त्री परिषद्मा सहभागी सबैलाई भोली छलफलका लागि बोलाएको छु । त्यहाँबाट एउटा निचोड निकाल्ने छौ, अध्यक्ष नेपालले भन्नुभयो ।’

अध्यक्ष नेपालले दुई वटा प्रदेशमा (एकीकृत समाजवादी) को मुख्यमन्त्री सहितको सरकार बन्ने बताउनुभयो । प्रदेश नम्बर १ र बागमती प्रदेशमा छिट्टै सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको दम्ब ढालेरै छोड्ने दाबी गर्नुभयो । ‘केपी ओली जीको घमण्डले पार्टी यो हालतमा पुग्यो । हेर्दै जानुस्, एमाले थप कमजोर बन्दै जानेछ । धेरै प्रदेशमा एमालेभन्दा हामी पहिलो र सम्मानजनक हैसियतमा छौँ । चुनावसम्मै हालको पाँच दलिय गठबन्धन कायम रहनेछ, अध्यक्ष नेपालले भन्नुभयो ।’

प्रतिक्रिया