बाढीपहिराेमा परी मृत्यु हुने ७७ जना पुगे, ३१ बेपत्ता

admin

काठमाडौं, कार्तिक ३ : अविरल वर्षाका कारण आएको बाढी/ पहिरो र डुबानमा परी बुधबार साँझसम्म मृ त्यु हुनेको संख्या ७७ जना पुगेको छ ।

गृहमन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा परेको छ । पाँचथरमा २४ जनाको ज्यान गएको छ भने ६ जना घा इ ते भएका छन् ।

पाँचथरको इलमामा पहिरोमा परी १३ जनाको मृ त्यु भएको छ भने २ जना घा इते भएका छन् भने ३ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक/एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।

बाढी/पहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता रहेको पनि महाशाखाले जनाएको छ । हालसम्म बेपत्ता हुनेको संख्या २७ पुगेको छ भने घाइतेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया