पठाओ दुर्घटना, दुई जनाको मृत्यु

admin

काठमाडौँ, कात्तिक ३० :  काठमाडौंको कलंकीमा पठाओ स्कुटर दु र्घ ट ना हुदाँ चालक र सवारी गरेर दुबै जनाको मृ त्यु भएको छ ।

कलंकीको सिता पेट्रोल पम्प नजिक अपरान्ह् पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिदाँ दुवै जनाको मृ त्यु भएको महानगरीय प्र ह री परिसर काठमाडौंले जनाएको हो ।

प्र ह रीका अनुसार मुत्यु हुनेमा धादिङ घर भइ अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य रहेका छन् भने बाँके घर भइ अहिले इमाडोल बस्दे आएका ५२ वर्षका यादबकुमार शाह रहेका छन् ।

परिसरका अनुसार कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा बल्खुबाट कलंकितर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले डक्टर दिदाँ स्कुटर चालक र पछाडी बसेका यात्रु घा इ ते भएका थिए ।

गम्भिर घा इ ते भएका दुवै जनलाई उपचारका लागि बयोधा अस्पताल पुर्याएको थियो । तर, दुवै जनाको उपचारका क्रममा मु त्यु भएको प्र ह रीले जनाएको छ । भाडावाला वस र स्कुटर महानगरीय प्र हरी वृत कालीमाटीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया