एमाले स्थायी कमिटी बैठक बस्दै

admin

काठमाडौँ, मंसिर ६ : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ। एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ।आजको बैठकमा पाँच प्रतिशत प्रतिनिधिको छनोटसमेत हुने सचिव तामाङले जनाए।

महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुँदैछन्। त्यसमध्ये देशभरबाट १९०३ जना प्रतिनिधि छनोट भइसकेका छन्। बाँकी ९६ जना अर्थात् पाँच प्रतिशत प्रतिनिधि मनोनयन आजको स्थायी कमिटीले गर्नेछ।

प्रतिक्रिया