‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

admin

काठमाडौँ, पुस २ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ भने आर्मी सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।

सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ भने लिगमा अपराजित रहेको आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, दोस्रो खेलमा संकटा क्लबले साविक विजेता मछिन्द्र क्लबसँग दिउँसो पौने ५ बजे प्रतिस्पर्धा गर्दैछ ।

यी दुवै टिम पनि तीन अंक जोड्ने योजनामा हुने छन् । ४ खेलबाट संकटा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने लिगमा अपराजित रहेको मछिन्द्र १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया