अमेरिकाले ‘ओमिक्रोन’ सँग जुध्न ५० करोड परीक्षण कीट किन्यो

admin

एजेन्सी, ७ पुस : अमेरिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सँग जुध्न ५० करोड परीक्षण कीट खरिद गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘ओमिक्रोन’ भेरियन्टको फैलावटसँग जुध्नका लागि ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको बताएका छन् । संक्रमणविरुद्ध जुध्न परीक्षण तीव्र बनाउने र अस्पतालमा सेनाले सहयोग गर्ने पनि उनले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकामा ७३ प्रतिशत वयष्कले खोपको पूर्ण मात्रा प्राप्त गरेका छन् । अमेरिकामा पुष्टि भएका नयाँ संक्रमितमध्ये झण्डै दुई तिहाइमा नयाँ भेरियन्ट पाइएको छ । न्यूयोर्क र वासिङटनसहित मुख्य शहरमा संक्रमण बढ्दो छ । अमेरिकामा ओमिक्रोनका कारण एक जनाको ज्यान गएको छ । सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ‘ओमिक्रोन’ भेरियन्ट अहिले विश्वव्यापी रूपमा फैलिएको छ ।

प्रतिक्रिया