चीनको शियान सहरमा लकडाउन

admin

एजेन्सी, ८ पुस : कोरोना भाइरसको संक्रमण बढे पछि चीनको शियान सहरमा लकडाउन भएको छ । शान्शी प्रान्तमा रहेको शियान सहरमा लकडाउन गरिएको हो । सरकारी अधिकारीका अनुसार अहिले त्यहाँ कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको छ ।

लामो दूरीका बस स्टेशन बन्द भइसकेका छन् भने सहरतर्फ जाने नाकामा कडाइ गरिएको छ । शियान विमानस्थलबाट हुने धेरै उडान समेत स्थगित गरिएका छन् । अत्यावश्यकबाहेकका व्यापार व्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

एक करोड ३० लाख जनसङ्ख्या रहेको यो सहरका नागरिकलाई घर भित्रै बस्न भनिएको छ ।  शियानमा गएको मंसिर २३ गते पछि १ सय ४३ जनामा संक्रमण पाइएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया