चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ : क्यानडा प्रधानमन्त्री

admin

एजेन्सी, ११ पुस : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक रहेको बताएका छन् ।

ग्लोबल च्यानलसँगको अन्तर्वार्तामा क्यानडाका प्रधानमन्त्रीले चीन आर्थिक अवसर हासिल गर्नका लागि जे पनि गर्न सक्ने समेत बताए । चीन पश्चिमी देशमा आफ्नो आर्थिक हितको साधनका लागि जोड दिइरहेको बताउँदै उसलाई रोक्नका लागि एकजुट हुन आवश्यक रहेको ट्रुडोले बताएका हुन् ।

ट्रुडोले भने, ‘हामी सामना गरिरहेका छौँ र चीन समय-समयमा निकै छलपूर्वक मुक्त बजारमा सबैसँग आफ्नो खेल खेलिरहेको छ । हामीले यस मामिलामा अझ राम्रो गर्न आवश्यक छ । हामी एकजुट हुन आवश्यक छ, जसका कारण चीनले हामीलाई आपसमा बाँड्न नसकोस् ।’

सन् २०१८ पछि चीन र क्यानडाको सम्बन्ध राम्रो छैन । हुवावेकी चिफ पाइनान्सियल अफिसर मेंग वांचोउको गिरफ्तारीको जवाफ दिँदै चीनले क्यानडाका दुई नागरिकलाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया