त्रिभुवन विश्वविद्यालयका उच्च कर्मचारी नै माओवादीका नेता

admin

काठमाडौं, ११ पुस : त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ ।

त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि सामाजिक सञ्जाल फेसबुकमै बधाई दिइएको छ ।

दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि राजनीतिमा लागेका शिक्षक र कर्मचारीले दुईमध्ये एक क्षेत्रबाट राजीनामा दिनुपर्ने हुन्छ । महाशाखा प्रमुख तिवारीले आफूले पार्टीबाट असोज मै राजीनामा दिएको बताएका थिए ।

तर, उनलाई मंसिरमा बधाई दिएका थिए । उनले पार्टीलाई दिएको राजीनामाबारे जानकारी गराउने बताएका थिए । स्रोतका अनुसार पार्टीको जिम्मेवारीबाट उनले राजीनामा दिएका छैन । तिवारीले एक दैनिक पत्रिकासँग भनेका छन्, ‘मैले त प्रदेश कमिटीको निर्वाचन हुनुअघि नै राजीनामा दिइसकेको छु । म त्रिविको कर्मचारी हुँ पार्टीमा आबद्ध छैन ।’

प्रतिक्रिया