आज नेप्से झण्डै ७० अङ्कले घट्यो

admin

काठमाडौं, १२ पुस : शेयर बजार परिसूचक नेप्से (आज) सोमबार झण्डै ७० अङ्कले घटेको छ । नेप्से ६९ दशमलव ७७ अङ्कले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा झरेको हो ।

सोमबार सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बीमा, उत्पादन, विकास बैंक र जलविद्युत् कम्पनीको शेयर उच्च अङ्कले घटेको छ । दुई सय ३८ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब ६० करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । सोमबार जोशी हाइड्रोपावरको शेयर साढे आठ प्रतिशत तथा घलेम्दी हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स र जानकी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि मध्य भोटेकोसी जलविद्युत् र गोर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया