कोरोनाका कारण थप दुई जनाको ज्यान गयो, एक लाख ३३ हजार भन्दा बढिले खोप लगाए

admin

काठमाडौं, १८ पुस : (आज) आइतबार दुई सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ६ सय ३१ जनाको नमुना परीक्षण गर्दा दुई सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय नौ जना निको भएसँगै अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १२ हजार चार सय १९ जना पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ९६ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा एक लाख ३३ हजार आठ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड चार लाख ९६ हजार जनाभन्दा धेरैले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ४१ लाख १८ हजार २७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया