केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै विनोद चौधरीविरूद्ध उजुरी

admin

काठमाडौं, २२ पुस : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै पद खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको दाबी छ ।

यादवले चौधरीको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन पनि माग गर्नु भएको छ । विनोद चौधरी मधेशी खुला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया