बालुवाटार ललिता निवास जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

admin

काठमाडौं, २२ पुस : ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अध्ययन गरेको बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन (आज) बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्युरोले तीन सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए ।

उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । सहन्यायाधिवक्ता पौडेलले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुन सक्ने बताए ।

प्रतिक्रिया