पुस २७ गते राष्ट्रिय सभा बैठक बस्ने

admin

काठमाडौं, २३ पुस : राष्ट्रिय सभाको बैठक यही पुस २७ बस्ने भएको छ । यही २५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो बैठक निर्धारण गरेका हुन् ।

प्रतिक्रिया