Home

आनन्दराज बतासको बचाउँमा कमल थापा : ‘भित्री रहस्य थाहा छैन, मिलनसार व्यक्ति हुन्,’

admin

काठमाडौं, २६ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का पूर्वअध्यक्ष कमल थापा सामाजिक सञ्जालमार्फत् बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् ।

सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् ।

‘भित्री रहस्य थाहा छैन । मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको उनको भनाइ छ ।

प्रतिक्रिया