आज शेयर बजार साढे ३० अङ्कले घट्यो

admin

काठमाडौं, २८ पुस : लगातार बढेको शेयर बजार (आज) बुधबार भने घटेको छ । शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ ।

बुधबार व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय ६६ अङ्कले घटेको छ ।

यस्तै  जीवन बीमाको शेयर एक सय नौं, विकास बैंकको शेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको शेयर ७६ अङ्कले घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ ।

बुधबार दुई सय २९ वटा कम्पनीको एक करोड ६१ लाख कित्ता शेयर आठ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । त्यस्तै सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

बुधबार हिमालय ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव २१ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि कर्पोरेट डेभलपमेन्छ बैंक र निफ्राको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया