काठमाडौंमा १५ सय ३८ संक्रमित थपिएसँगै देशभर ३ हजार ७५ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २८ पुस : (आज) बुधबार नेपालमा थप तीन हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो कुल परीक्षणको २३ दशमलव ५८ प्रतिशत हो ।

पीसीआर परीक्षणको संक्रमण दर भने २७ प्रतिशत पुगेको छ । यस्तै बितेको २४ घण्टामा दुई सय ७८ जना संक्रमित निको भएका छन् । यही अवधिमा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेमध्ये काठमाडौं उपत्यकामा एक हजार पाँच सय ३८ जना रहेका छन् । अहिले नेपालमा ११ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया