आज तीन हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २९ पुस : (आज) बिहीबार नेपालमा तीन हजार पाँच सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई सय ७१ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १५ हजार तीन सय ४७ जना पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १० पुगेको छ । अहिले नेपालमा १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया