आज थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २ माघ : (आज) आइतबार चार हजार नौं सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यस्तै बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट ज्यान गएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।

प्रतिक्रिया