अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट : १७ जनाको शव भेटियो, ५९ जना घाइते

admin

एजेन्सी, ७ माघ : अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट भएको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ । अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । घानाको एपीएटमा भएको शक्तिशाली विस्फोटमा परेर ५९ जना घाइते भएका छन् । प्रहरीका अनुसार सुन खानीको रुपमा चिनिने सहरमा विष्फोट भएको हो ।

खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको खबरमा उल्लेख छ । विस्फोट पछि धुलो र धुवाँको मुस्लो उडेको तस्बिर सार्वजनिक भएको छ ।

विस्फोट पछि कयौँ भवन भत्किएका छन् भने भग्नावशेषमा केही पुरिएका आशङ्का गरिएको छ । घानाका राष्ट्रपतिले नाना अकुफो अड्डोले भग्नावशेषमा पुरिएकाहरुको उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको बताएका छन् ।

प्रतिक्रिया