बिरेनको तिम्रो याद सार्वजनिक (भिडियो)

admin

काठमाडौं : अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीको सुमधुर स्वरमा रहेको तिम्रो याद बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा संगीत गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत रहेको छ भने दिलिप घिमिरेको शब्द रहेको छ। कवाली शैलीको यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन्।

उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। प्रकाश धितालको निर्देशनमा बनेको भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया