टिपर र भ्यान ठोक्किँदा आमाछोराको मृ त्यु

admin

काठमाडौं, २१ माघ : टिपर र भ्यान ठोक्किँदा आमाछोराको मृ त्यु भएको छ ।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपरमा ठोक्किँदा भ्यानमा सवार आमाछोराको मृ त्यु भएको छ । दु र्घ टनामा अर्का एक गम्भीर घा इ ते भएका छन् ।

नारायणगढ(मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दु र्घ ट नामा धादिङको गल्छी गाउँपालिका १ की निशा वली ढुंगाना र ९ वर्षीय छोरा निमेशको मृ त्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै र निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रमम बिहान १०स्५५ मा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका-३ की धीरमाया वलीको अवस्था पनि ग म्भी र रहेको उनले बताए । भ्यान चालक गल्छी-१ का राजकुमार ढुंगाना सामान्य घाइते छन् ।

प्रतिक्रिया