आजको मौसम : वर्षा र हिमपातको सम्भावना

admin

काठमाडौं, ५ फागुन : आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश–१ को पहाडी भू–भागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको हो ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज राति सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल पनि बिहान र बेलुकाको समयमा चिसो कायमै रहेकाले त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविदले अनुरोध गरेका छन् ।

प्रतिक्रिया