स्थानीय चुनावका लागि निर्वाचन आयोगले अर्थमन्त्रालयलाई पठायो ‘आर्थिक कार्यविधि’

admin

काठमाडौं, ५ फागुन : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यबिधी २०७८ तयार गरि सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यबिधि संचालन गर्न आर्थिक कार्यबिधी अर्थमन्त्रालयमा पठाएको जनाएको हो ।

त्यस्तै आयोगले स्थानीय निर्वाचनका लागि जनता प्रगतिशिल पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरि तीन वटा दल दर्ता गरिएको र हालसम्म दर्ता भएका राजनीतिक दलहरुको संख्या १०६ पुगेको जनाएको छ ।

निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लािग आयोगले जनशक्ति व्यवस्थापन निर्देशिकालाई स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै मतपत्र छपाईका लागि आवश्यक पर्ने कागजको लागत अनुमान स्वीकृत गरि इ–बिडिङको माध्यमबाट खरिद प्रक्रिया अघि बढाइएको उहाले बताउनुभयो ।

प्रवक्ता पौडेलले निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था अनुसार फाल्गुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरिएको बताउनुभयो ।

आयोगले आगामी स्थानीय तहको निर्वाचनमा अन्तराष्ट्रिय सहायताका लागि बिकास साझेदार समन्वय बैठक सम्पन्न भएको र बैठकमा केहि बिकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आयोगसंग सहकार्य गर्न तयार रहेको जानकारी गराएको जानकारी दिएको छ ।

प्रतिक्रिया