एमसिसी राष्ट्रको हितमा छ, संसदबाटै टुङ्गो लगाउनुपर्छ : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ५ फागुन :  प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएकाले यसलाई सदनले टुङ्गो लगाउने बताउनुभएको छ ।

बिहीबार बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बिमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा पास फेल जे भएपनि जनताका प्रतिनिधिहरूको थलो सदनले नै टुङ्गो लगाउने बताउनुभएको हो ।

उहाले एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको गुनासो गर्नुभयो । अहिले राष्ट्रको पक्षमा बोल्ने बेला आएको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले मुलुकको हित बिपरित कांग्रेसले कुनै काम नगर्ने जिकिर गर्नुभयो । उहाले पक्षमा उभिन डराउनुपर्ने कुनै कारण आफुले नदेखेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय हितका बिषयमा अरुको कुरा नसुनी सरकारले उचित कदम चाल्नुपर्ने बताउनुभयो । उहाले बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसले नमिल्ने धारणा राख्नुभयो ।

त्यस्तै पुस्तकका लेखक एवं कांग्रेस नेता अर्जुन नरसिंह केसीले छिमेकी मुलुकसंगको सम्बन्ध सन्तुलित पार्ने क्षमता कांग्रेससंग मात्र रहेको बताउनुभयो । केसीद्वारा लिखित पुस्तकमा सिद्धान्त तथा नीतिको परिचय सहितको कांग्रेसको इतिहासका बारेमा व्याख्या गरिएको छ ।

प्रतिक्रिया