गौतमबुद्ध विमानस्थलमा जेष्ठदेखि उडान शुरू गर्ने

admin

काठमाडौं, ५ फागुन :  नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेष्ठदेखि व्यवसायीक उडान सुरु गर्ने तयारी गरेको छ ।

बिहबिार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताउनुभयो । अन्तराष्ट्रिय व्यवसायीक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि उहाले जानकारी दिनुभयो ।

अहिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले केहि बर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको बिकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने उहाले बताउनुभयो ।

महानिर्देशक अधिकारीले बिमानस्थल सञ्चालनसंगै काठमाडौंमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राख्नुभयो । उहाले अर्को टर्मिलन भवन निर्माणका लागि छिटै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने जानकारी दिनुभयो ।.

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार नै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । उक्त बिमानस्थल सन २०१४ मा निर्माण सुरु भएको थियो ।

प्रतिक्रिया