जीटूजीमार्फत् रासायनिक मल खरिद गर्न भारतसँग सम्झौता

admin

काठमाडौं, १६ फागुन: नेपालमा भारतबाट रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। ५

वर्षका लागि जी–टू–जी (सरकार–सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका हुन्।

कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रकाशकुमार सञ्जेलका अनुसार यो सम्झौता ५ वर्षका लागि हुने छ। चालु आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ५० हजार टन मल ल्याइनेछ।

चालु आवमा आपूर्ति हुने मलमध्ये ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने सञ्जेलले जानकारी दिए।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा सोमबार एक भर्चुअल समारोहका बीच दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

 

प्रतिक्रिया