करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

admin

काठमाडौं,२६ फागुन : अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रवेशबारे कुरा गरेको बुझिएको छ ।

यसअघि ओलीलाई बालकोट पुगेर मानन्धरले भेटेकी थिइन् । भेटका क्रममा ओलीले एमालेमा आउन आग्रह गरेका थिए । ओलीले करिश्मालाई दश जोड २ उत्तीर्ण गर्दा फोन गरेर बधाई दिएका थिए । त्यसपछि उनी बालकोट आवतजावत गर्न थालेकी थिइन् । पछिल्लो समय उनले ओलीको खुलेर प्रशंशा गर्दै आएकी छिन् ।

मानन्धरले यसअघि नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी थिइन् । तर, पछि उक्त पार्टी छाडेकी थिइन् । त्यसपछि अध्ययनमा लागेकी मानन्धर पुनः राजनीतिमा सक्रिय हुने तयारीमा रहेकी हुन् ।

 

प्रतिक्रिया