थप ७७ जनामा कोरोना पुष्टि

admin

काठमाडौं,२७ फागुन : मुलुकभर पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ७४१ पुगेको छ । सोही अवधिमा १ लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार २१२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा १८९ जना कोरोना मुक्त भए, १ संक्रमितको मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६० हजार ६८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९८१ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ६५ हजार ४२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

प्रतिक्रिया