९५ प्रतिशत जनतामा विद्युतकाे पहुँच पुग्याे : कुलमान घिसिङ

admin

काठमाडौं,३० फागुन : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा बिद्युतको पहुँच पुगेको बताउनुभएको छ ।

सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पुराईएको बताउनुभएको हो ।

उहाले कर्णालीको बिकटा ठाँउहरुमा अझै पनि बिद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सवै स्थानमा बिद्युत पुराईने जानकारी दिनुभयो ।

दुरदराजमा रहेका जनतालाई बिद्युत पुराउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उहाको भनाई छ ।

घिसिङले डोल्पा, मुगु, हुम्लामा बिद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामाा सवै स्थानमा केन्द्रीय प्रशारणको बिद्युत पुराउने बताउनुभयो । उहाले बिकट गुम्वामा पनि बिद्युतको पहुँच पुराउन प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रम अन्तर्गत चैत्र २ गतेसम्म दश अरव पटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दिर्घायु सशक्तिकरण र एक लाख त्सोक पुजा चैत्र तीन गने हुने भएको बताइएको छ ।

डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाका अनुसार नेपाल लगाएत विश्वभरको महमारी रोग र अनिकालको बिषम परिस्थीति सवै निर्मुल भई सवै ठाँउमा मंगल हुनको निम्ति लाखौ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको हो ।

हरेक बर्ष यस पूजाको समयमा १० अर्व पटक सिद्धी जप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ ।

प्रतिक्रिया