मधेश प्रदेशमा ‘बेटी पढाउ, बेटी बचाउ अभियान’मा अनियमितता भएको अध्यक्ष ओलीको आरोप

admin

काठमाडौं, १ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा बेटी पढाउ, बेटी बचाउ अभियानका क्रममा अनियमितता भएको आरोप लगाउनुभएको छ ।

मंगलबार भक्तपुरमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले बेटी पढाउ, बेटी बचाउ अभियानका क्रममा हिसाव मात्र मिलान भएको तर साइकल बितरण हुन नसकेको बताउनुभएको हो ।

बेटी पढाउ, बेटी बचाउ कार्यक्रम भारतीय प्रधानमन्त्रीको बेटी बचाउ अभियानको नक्कल मात्र भएका उहाको भनाई छ । त्यस्तै उहाले मधेश प्रदेश कृषि, पर्यटन र व्यवसायीक क्षेत्रमा उत्कृष्ठ रहको बताउनुभयो ।

मधेश प्रदेशको बिकास निरन्तर भइरहेको भन्दै उहाले आगामी दिनमा यसले निरन्तरता पाउने धारणा राख्नुभयो । कार्यक्रममा पर्साका एक वडाध्यक्षसहितको समूहलाई ओलीले एमाले प्रवेश गराउनुभएको थियो ।

 

प्रतिक्रिया